नेपाललाई दोहोरो सफलता

रामचन्द्र पौडेल
भरतपुर,श्रवण १२ 

आजको दिन नेपाल र नेपाली खेल समर्थक लाई एक खुसि को दिन रहन पुगेको छ। नेपालले सन् २०१४ मा ब्राजिलमा हुने विश्वकप फूटबल प्रतियोगता अन्तर्गतको छनोट चरणको दोश्रो लेग को पहिलो दोश्रो खेलमा विहिवार जोर्डनलाई १-१ को बरावरीमा रोक्न सफल रह्यो। त्यसैगरी ICC U-19 विश्वकप क्रिकेट छनोट चरण अन्तर्गत को आयरल्यान्डमा सम्पन्न पहिलो खेलमा नेपालले चिर प्रतिद्वन्दी अफगानिस्तानलाई ४२ रुनको अन्तरले पराजित गर्न सफल रह्यो ।

                        नेपाललाई अम्मान रंगशालामा सम्पन्न दोश्रो लेगको पहिलो खेलमा ९-० को अन्तरले पराजित गरेको जोर्डनले समग्रमा भने १०-० को अन्तरले बिजयी  हुदै समुह चरण मा प्रबेश गर्न भने सफल भएको छ ।

                       पहिलो चरणमा बहेरको  अपमानजनक पराजयलाई बदला ल्लिने क्रममा नेपालका लागि सब्टिच्युट भरत खवासले ८० औ मिनटमा बरावरी गोल गर्न सफल रहे। यस अघि खेलको ५३ औ मिनटमा जोर्डनी मिडफिल्डर एस मुजोनले पहिलो गोअल गरेका थिए।
                         
                       नेपालका लागि बरावरी गर्नु कुनै जीत भन्दा कम थिएन जसको श्रेय खेलाडी टीम, कोच र ब्यबस्थापनका साथै मुख्य रुपमा अपार नेपाली फूटबल समर्थक दर्शक लाई जान्छ।
  
                       अनपेक्षित रुपमा जोर्डनी टिम खेलभर पूर्ण रुपमा दबाबमा रह्यो।नेपालले खेलमा दर्जन भन्दा बढी गोल गर्ने अवसर गुमाउन पुगेको थियो भने भ्रमणकारी टोलीले जम्मा ३ वटा मात्र आकर्षक मुभ बनाएका थिए  र त्यो नेपाली डिफेन्स को अगाडी सफल हुन सकेन। नेपालका लागि सन्तोस  साउखलले सुरुवाती स्टाइकरको रुपमा आकर्सक खेल देखाएका थिए। त्यसैगरि निराजन खड्का, कप्तान सगर थापा, अनिल गुरुङ, रोहिद चन्द, भोला सिलवाल लगायत सबै खेलाडीले टिम भावना सहित उत्कृस्ट खेल खेलका थिए।
                       
                        अन्तसम्म पनि जोर्डनलाई दबाबमा राख्न सफल नेपाली टिमको लागि गृहमैदानमा भएको खेलमा भरपुर फाइदा लिन सफल रह्यो। तर भ्रमणकारी टोलि जोर्डन भने यो चिसो मौसममा खुलेर खेल्न सकेन र अन्तत: बराबरी अर्थात् हारबाट बचेको रुपमा चित्त बुझाउन बध्य भयो।

                         समूह चरणमा छनोट नभएपनि यो खेलबाट नेपालको भबिस्य उज्वल रहेको छ भन्ने कुरा प्रस्ट देखिन्छ। खेल छेत्रमा दर्सकको प्रगाढ माया लाई सम्मान गर्दै साथ लिएर एन्फाले एस क्षेत्रमा अझ प्रभाबकारी रुपमा लगानी लगानी बढाएमा साच्चै नै अब हामी नेपालीले सन् २०१८ मा रसियामा हुने विश्वकप फुटबल प्रतियोगीतामा नेपालको झन्डा फर्फराउने अभूतपूर्व अवसर प्राप्त गर्ने दिन धेरै टाढा देखिदैन।

Comments