प्रधानमन्त्रीमा भट्टराई नै हुने ठूलो सम्भावना

 काठमाडौं । 
अहिलेसम्मको स्थितिमा माओवादीले कांग्रेस र कांग्रेसले माओवादीको नेतृत्व स्वीकार्ने वातावरण बनिसकेको छैन तापनि राष्ट्रिय सहमतिको सरकार गठन गर्न भन्दै एकीकृत नेकपा माओवादी र नेपाली कांग्रेसले छलफल तीव्र पारेका छन् । तर, चक्रिय प्रणालीको प्रस्ताव सहित माओवादीले कांग्रेसको विश्वास जितेर डाक्टर बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउने सम्भावना उत्तिकै प्रवल देखिन्छ । त्यसो त भट्टराई पार्टीबाट एकमतले प्रधामन्त्रीको लागि सिफारिस भइसकेकाछन् भने बहुमत जनता पनि उनकै पक्षमा देखिन्छन् ।
बरिष्ठ नेता शेरबहादुर देउवा पनि प्रधानमन्त्रीको लागि कांग्रेसका कम्मर कसेर लागिसकेकाछन् । तर उनले पार्टीभित्रैबाट विश्वास जितिसकेका छैनन्। जेहोस् यतिबेला भट्टराई र देउवा प्रधानमन्त्रीको मैदानमा उत्रिएको स्थिति छ । दुई उम्मेदवारसँगै उनीहरुका पक्षमा आफ्नो मत जाहेर गर्ने जनताहरु पनि दुईतिर बाँडिएका छन् । शेरबहादुर देउवाका पछिल्ला दुई प्रधानमन्त्री काल बिवादित रहेकाले उनलाई प्रधानमन्त्री बनाउनुहुन्न भन्ने धेरैको मत छ । यस्तै भट्टराई काम गर्न सक्ने र योजनासहितको नेता भए पनि संबिधान निर्माणजस्तो बिषयमा राजनीतिक संयोजन गर्न उनको ब्यक्तित्वले साथ दिँदैन कि भन्ने पनि धेरै छन् ।
वस्तुतः, बाबुराम भट्टराई नै प्रधानमन्त्री बन्ने वातावरणको श्रृजना माओवाद पार्टी हुन थालेको छ । त्यो दलले औपचारिक रुपमा वार्ता र परामर्श थालेका छौं । यतिबेला धेरै जनता भट्टराई नै प्रधानमन्त्री बन्नुपर्छ भन्ने चाहान्छन् । शान्ति र संविधान निर्माण प्रकृया टुंगोमा लैजान पनि उनकै नेतृत्व आवश्यक छ । किनकि संविधानसभाको सबैभन्दा ठूलो दल माओवादीले भट्टराईकै नेतृत्वमा सरकारमा जाने निर्णय गरिसकेको छ । उनी सो पार्टीको सर्वसम्मत उम्मेद्वार हुन्। अहिले चर्चामा रहेका नाममध्ये उनको क्षमता र योग्यता बढी छ । अरुमा भन्दा केही गर्ने सोंच र जाँगर भट्टराईमा नै देखिन्छ । सबै शक्तिलाई सन्तुलनमा राख्न सक्ने खुबी पनि उनमा छ । माओवादीलाई बाहिर राखेर शान्ति र संविधान निर्माण प्रकृया पूरा हुँदैन भन्ने कुरा अन्तर्राष्ट्रिय शक्तिलाई पनि राम्रोसँग थाहा छ । भट्टराईको नेतृत्वलाई खासगरी छिमेकी मुलुक भारत, र चीन अनि केही अमेरिका लगायतका देशले पनि सहानुभूति जनाउँछन्। तर देउवाका पक्षमा त्यस्तो दरिलो मत नत उनकै पार्टी कांग्रेसबाट भएको छ, न त देशभित्र र बाहिर नै । उनकै पार्टीमा रामचन्द्रलाई अगाडि ल्याउने अर्को कसरत पनि भइरहेको छ । त्यसैले गर्दा अब बन्ने नयाँ सरकार भट्टराईकै नेतृत्वमा हुने लगभग पक्का छ ।


Source

Comments