नेपालभर शक्तिशाली भूकम्पको धक्का

नेपाल आज बेलुकी ६ बजेर २५ मिनेट जाँदा भुइँचालो गएको छ । भुइँचालाले नेपालको मेचीदेखि महाकालीसम्मको जमिन हल्लिएको छ । भुइचालाको केन्द्रबिन्दु नेपाल भारत सिमाको सिक्किम आसपास रहेको छ । भुइँचालो ६ दशमल ८ रेक्टर स्केलको थियो । भुइचालोको धक्का भारतको दिल्ली कोलकातासम्ममा पनि महशुस गरिएको थियो । अहिलेसम्म नेपालमा क्षतिको विवरण आएको छैन । भुइँचालो पछि देशभरको जनजीवन त्रसिद भएको छ ।

Comments